काठमाडौं , भारतको पन्जाबमा हुने इन्डो नेपाल इन्टरनेशनल कराते र किक बक्सिङ च्याम्पियनसिपका लागि नेपाल बाट २१  जना खेलाडीहरू भारत जाने भएकाछन् ।

यही नोभेम्बर ५ र ६ तारिक पंन्जाबको नावनशहर एस.बि.एस नगरमा हुने कराते र किक बक्सिङ च्याम्पियनसिपका लागि नेपालको तर्फबाट

Nepal international karate kick boxing federation संघका अध्यक्ष श्री सम्देन तामाङको संयोजकत्व र नेपाल कुङ फु क्लबका अध्यक्ष श्री कुमार पौडेल सहित जम्मा २१ जना खेलाडी र संस्थागत ५ जना सहित २६ जनाको टोलि उक्त खेलका लागि भारत प्रस्थान गर्ने भएकाछन् ।

खेलाडीहरुको मनोबल बढाउनको निमित्त काठमाडौंको तारकेश्वर न.पा मनमैजु अबस्थित कवरहलमा पत्रकार, अभिभावक ,प्रशिक्षक र राजनितिकर्मीका बिचमा समाजसेवी तथा हाल काठमाण्डौं क्षेत्र नं ६ (ख) का प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार बविन्द्र कुमार कार्कीले खेलाडीहरुलाई शुभकामनाका साथ बिदाई गरेकाछन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments