यही मिति २०७९ साल कार्तिक ८ गते मंगलबारका दिन बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४० औँ साहित्य शृङ्खलामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जयन्ती मनाइयो । यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल)को अध्यक्षतामा सम्पन्न भएको सो शृङ्खला सञ्चालनको मुख्य भूमिका प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठको रहेको थियो ।

प्रतिष्ठानका सहसचिव डा. किशोर कुमार अधिकारीले सम्पूर्ण सहभागीलाई मन्तव्यद्वारा स्वागत गर्दै आफ्नो गजल वाचन गरेका थिए । उक्त शृङ्खलामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दै कार्यक्रम सफलताको शुभकामना दिने स्रष्टाहरुमा यस प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम, मन्थली नगर शिक्षा शाखा प्रमुख तथा साहित्य अनुरागी सौभाग्य न्यौपाने, प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे, प्रलेसका केन्द्रीय पार्षद एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच (प्रेम घिमिरे), प्रलेस र जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले मन्तव्य सहित आ-आफ्नो रचना पनि वाचन गरेका थिए । यस कार्यक्रममा मिथिला साहित्य प्रतिष्ठानका सल्लाह संयोजक नानीराम दहाल, साहित्य अनुरागी बोधराज दहाल, नवलकिशोर महतो, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य राम मिलन तथा जनसांस्कृतिक महासंघका केन्द्रीय विमला विक अतिथिका रूपमा उपस्थिति थिए ।

यस प्रतिष्ठानद्वारा आयोजित ११४ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती विशेष कार्यक्रममा देवकोटाको जीवनीमाथि प्रकाश पार्दै प्रलेस महोत्तरीका सचिव तथा बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भिम कुमार राउतले देवकोटाको साहित्यिक योगदान आजपनि जीवन्त रहेको र यो अनुकरणीय रहेको बताउँदै अन्त्यमा आफ्नो रचना पनि वाचन गरेका थिए ।

यसैगरी स्रष्टा मनिष महतोले शताब्दी पुरुष स्वर्गीय सत्य मोहन जोशीको बारेमा जीवनी र उहाँले समाज र साहित्यको क्षेत्रमा दिएको योगदानको सामान्य परिचय दिँदै आफ्नो रचना पनि वाचन गरेका थिए ।

यस कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल र छेस्का वाचन गरिएका थिए । यस कार्यक्रममा आफ्ना रचना वाचन गर्ने स्रष्टाहरु राजु राई, आशा साह, गंगा साह, रसिकराज पौडेल, विजय कालीकोटे, दशक बलम्पाकी, नानीराम दहाल, नवलकिशोर महतो, पुरुषोत्तम वराल थिए भने यस कार्यक्रममा इन्द्र लामा, पवन वाग्ले, जीवनराज दहाल, सोनु कार्की, गोविन्द साह, मोनालिसा बलम्पाकी, साइरस पौडेल र राम साह पनि उपस्थित थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल)ले महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेष ४० औँ शृङ्खलामा देवकोटा माथि सामान्य चर्चा गर्दै सत्य मोहन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । यो कार्यक्रम गर्न हल उपलब्ध गराइदिनु हुने गौरीशंकर होटलका सञ्चालक नारायण घिमिरेलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी देवकोटा जयन्ती विशेष प्रतिष्ठानको ४० औँ शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न सहभागी हुने सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments