गायक यस कुमारले करीब नौ महिनाको अन्तरालमा फेरी आफ्ना दर्शक स्रोताहरुका लागि नयाँ गीत पस्केका छन् । यही असोज २ गते बुधबारका दिन काठमाण्डौंको सिटी सेन्टरमा पत्रकार, प्रबिधिक र कलाकारहरुका बिचमा गायक यस कुमारले आफ्नो संगितिक कोशेलीको लोकापर्ण गरेका छन्। गायक यसले लोकापर्ण गरेको गीत उनले केही महिना अगाडी ल्याएको गीत तिमी छौ र त को भाग २ आँखा बन्द गरेर गीतको बोल राखेर दर्शक माझ ल्याएका छन् जहाँ उही पुरानै कलाकारहरु स्वयंम यस कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीको बेजोड अभिनय रहेको देख्न सकिन्छ भने निर्देशकको रुपमा भने बिज्ञान राईको ठाउमा चर्चा कमाएका निर्देशक निकेश खड्काले गरेका छन् । म्युजिकल लभ स्टोरीमा आधारित म्युजिक भिडियोको कहानी उत्कृष्ट देखिन सकिन्छ जसलाई स्क्रिप्ट समेत गायक यसले नै तयार पारेको बताएका छन् ।
भिडियोमा ब्राहमण परिवार र लिम्बु परिवार बिचको युवायुवतीको निश्वार्थ प्रेमलाई देखाइएको छ जुन पहिलो भागमा स्पष्ट देख्न सकिन्छ । पहिलो भागको भिडियोमा आफ्नो इच्छा बिपरित युवतीका बुवाले आफ्नै जातका केटा सँँग बिवाह गरिदिए पछि युवतीमा आएको शारिरिक अशक्तता र आफ्नो श्रीमानले हेरचाह गर्न नसकेर माइतीलाई लगेर जिम्मा दिएपछि युबतीले पाथिभरामाताको दर्शन गर्न चाहेको बताउछन् र जहाँ उनले हिड्न नसकेका ब्यक्तिहरुका लागि भरिया बनेर बसेका पुर्व पे्रमी यस कुमार भरियाको रुपमा पाउछन् र २ बर्ष पछि भेटेका जोडीको फेरी त्यही बाट माया शुरु हुन्छ जहाँ यसकुमारले पाथिभरामा लगेर सिन्दुर हालीदिने बाचा पुरा गर्छन् र भिडियोले दोश्रो भागको कहानीको प्रतिक्षा गरेको हुन्छ र बाँकी दोश्रो भागमा युवतीलाई यस कुमारले निको पार्नका लागि गरेको हर प्रयासलाई देखाईएको छ । युवती निको हुन्छिन् भोलि डिसर्चाज हुने भनेपछि युवक खुशीले घर फर्कने क्रममा गाडीले ठक्कर हानी युवकको मृत्यु हुन्छ कथा पहिलो भागमा मिलन भए पनि दोश्रो भागमा बियोगान्त बनेर सकिन्छ । अन्त्य दृश्यबाट शुरु भएको दोश्रो भागको भिडियो पहिलो भागलाई स्पष्ट पार्नका लागि फ्ल्यास ब्याकको राम्रो प्रयोग गरिएको छ । भिडियोमा लिम्बु जातिको संस्कृती देखि स्पोनसरहरुको पनि राम्रै प्रयोग भएको देखिन्छ । अघिल्लो भागको गीतलाई हाल सम्म करीब ५३ लाखले हेरेका छन भने दोश्रो हालै रिलिज भएको गीतको भिडियालाईे हेर्दा दर्शकहरुले आँशुका साथमा भारी माया दिने स्पष्ट देख्न सकिन्छ ।
