तामाङ दिबस एक लेख
तामाङ इतिहास फर्केर हेर्दा बि.स १८१८ सम्म तामाङ राज्यहरुको एउटै अस्तित्व र बाह्र तामाङ राजाहरुको एउटै बृत थियो जहाँ तामाङ राजाहरुले राज गर्दथे र जसलाई तामाङ्सालिङ भनिन्थ्यो।तामाङ राज्यहरुलाई बि.स १८०१ बाट पृथ्वीनारायण शाहका गोर्खाली सेनाहरुले तामाङ राज्यहरु आक्रमण गर्न सुरु गरेका थिए।र अन्तिम तामाङ राजा ह्रेन्जेन दोर्जेलाइ १८१९ असोज २ गते हामीहरु युद्ध नलडौ र मित लगाइ अझ घनिष्ठ सम्बन्ध कायम गरौ भनी बिना हतियार दुबैपक्ष उपस्थित हुने आवह्वान गरे र छलकपट गरि उनिहरुले लुकाइ राखेका हातहतियार प्रयोग गरि हत्या गरे।त्यसपछी २५० बर्ष सम्म राणाशासक,शाहराजाहरु र बाहुनबाद यिनै तिनवटा शक्तिहरुको एकात्मकबादी शासनसत्ताले तामाङ जातिहरु माथी निरन्तर बिभेद गरिरहयो।तामाङ जातिको स्वराज्य र भुमिमाथी अतिक्रमण गरेर पृथ्वीनारायण राजा भए पछि तामाङ जातिलाई रैती बनाएर उनिहरु माथी बर्णब्यबस्था थोपर्दै हिन्दु कानुन लादेर तामाङहरुलाइ आफ्नो संस्कार र संस्कृति माथि प्रतिबन्ध लगाए।तामाङ जाती राज्यसामु चुनौतीको रुपमा उभिएकोले काठमान्डौ प्रवेश सम्म रोक लगाइयो। तामाङ जातिलाइ पहिचान बिहिन बनाउन बिभिन्न अपमानित भोटयो,भुटिया,भोटे मुर्मि जस्ता अपरिचित शब्दहरुले सम्बोधन गर्न थाले।राज्यले तामाङहरुलाइ आफ्नो पहिचान बोधक तामाङ शब्द लेख्न दिएनन।र तामाङहरुले आफ्नै पहिचान मेटि घले,गुरुङ,लामा आदि अन्य थर लेख्न बाध्य हुन पर्यो।राणाकालीन इतिहासको पछिल्लो कालखण्डमा जातिबोधक तामाङ शब्द पुनः प्रयोगको लागी जंगबिर तामाङले श्री ३ भिम शम्शेर राणालाई हामी तामाङहरुले आफ्नो नामको पछाडी तामाङ लेख्न पाउँ भनी राणादरबारमा बिन्तिपत्र जाहेरी गरेपछी सन १९३१ बि.स १९८९ भाद्र ६ गते राज्यले तामाङ शब्द प्रयोगको लागी इस्तिहार जारी गरेका थियो।तामाङ जातिको लागी यो ऎतिहासिक जित थियो।र तामाङ पहिचानको पुनः स्थापना भएको दिन थियो। त्यसैले आज भाद्र ६ गतेलाइ तामाङ पहिचान दिवसको रुपमा मान्ने गरिन्छ।
आफ्नो भाषा धर्म संस्कृति र पहिचानको जगेर्ना गरौ।नामको पछाडी तामाङ लेखौ।
"९०औं तामाङ पहिचान दिवसको शुभ अवसरमा सम्पुर्ण तामाङ समुदायलाई हार्दिक मंगलमय शुभकामना💐
Ctr :- Aashish Moktan Tamang