मानिसहरु गरिबी हुनु पछाडिका केहि तथ्यहरु
मनग्य धन दौलतको रहर अपबाद बाहेक कसलाई हुदैन होला र ? तर यो मानब चोलाले अभाबमा नै आफ्नो जीवन गुजार्नु पर्ने हुन्छ। मानिसमा गरिबी हुनुमा बिभिन्न कारण र कमि कमजोरीहरु हुन्छन् जसले गर्दा उसले आफ्नो सम्पूर्ण जिबन अभाबमा बिताउनु पर्ने हुन्छ। हामी कुरा गर्दैछौ मानिसहरु गरिबी हुनु पछाडिका केहि तथ्यहरु जुन यसप्रकार छ।
१. समयको महत्व नबुझ्ने मानिसहरु : हामि सबैलाई थाहा भएकै कुरा हो कि समय कति बलवान छ भनेर। तर पनि हामी समयको प्रवाह नगरी आफ्नो समय औचित्य र अर्थहीन काममा प्रयोग गरिरहेका हुन्छौ। आजको विश्वमा जो समयको रफ्तारमा दौडिन सक्छ उसले मात्र धन आर्जन गर्न सक्छ।
२. कमाइ अनुसार बचत नगर्ने मानिस : धनि हुनलाई कमाएर मात्र पनि हुँदैन यदि तेस्को सदुपयोग गर्न पनि जान्न जरुरि छ। हामी कतिपयले देखेका र भोगेका पनि हुन सक्छौ एउटा सानो खुसीको लागि हजारौ लाखौ खर्च गर्छौ जसको स्वभाबले हामि चाडैं नै गरिबी तिर धकेली रहेका हुन्छौ।
३. भाग्यमा बिश्वाश गर्ने मानिसहरु : कतिपय मानिसहरु कर्ममा भन्दा भाग्यमा बिश्वाश गर्ने किसिमका हुन्छन। एउटा नेपालि उखान छ ‘भाग्यमा छ भन्दैमा डोकोमा ढुध दोएर दुध अडिन्दैन’ तेसैले हामीले भाग्यमा भन्दा कर्ममा बिश्वाश गर्नु पर्छ। यदि हामीले कुनै पनि सम्पन्न व्यक्तिकै जीवनी पढेका छौ भने पनि उनीहरुको सफलता माथि उनीहरुले गरेको कर्म देखिन्छ।
४. सपना देख्न नसक्ने मानिसहरु : सपना ठुलो देख्नु अनिबार्य छ चाहे पुरा नै किन नहोस , उदाहरणका लागि यदि तपाइले सगरमाथा चड्ने सपना देख्नु भएको छ भने र तपाइले सगरमाथा चड्न सुरु गर्नु भयो भने तपाई सगरमाथाको चुचुरो पुग्न नसके पनि तपाई बेस क्याम्प सम्म अबस्य पुग्नु हुनेछ यसको मतलब के हो भने तपाइले अरबौ कमाउने सपना देख्नु भएको छ भने पकै पनि करोडौ त अबस्य कमाउनु हुनेछ।
५. अवस्थ व्यक्तिहरु : धन कमाउनलाइ स्वस्थ सरिर पनि अनिबार्य छ। यदि हाम्रो सरिरलाइ रोगले थीचिएको छ हामी कमाउनको सट्टा उल्टै सम्पूर्ण कमाएको धन पनि स्वस्थ उपचारमा नै खर्च हुने भएकाले गर्दा अस्वस्थ व्यक्ति पनि कहिले सम्पन हुन सक्दैन।
६ मनोबल कमजोर भएका व्यक्तिहरु : यदि जो कोहि व्यक्तिमा कुनै काम प्रति गर्न सक्दिन अथबा मेरो हैसियतले दिदैन जस्ता मनमा अनेकौ किसिमका संका उपसंका उब्जिरहंछ भने उक्त व्यक्ति हरेक कार्य प्रति पछाडी धकेली रहेको हुन्छ जसको कारण उ सम्पन्न हुन सक्दैन।
७. अरुलाई अपमान गर्ने : हामी सामाजिक प्राणी हौ र समाजमा मिलेर बस्नु हाम्रो कर्तब्य पनि हो तर हामि समाजमा बसेर समाजकै व्यक्ति हरुलाई अपमान गरि रहेका छौ भने यस प्रकारका क्रियाकलापले हामीलाई एक्लो बनाउदछ फलस्वरूप सामाजिक दुरी बढेर सहयोग र मान सम्मान बाट बन्चित हुदै आफ्नो उन्नति र प्रगतिको सट्टा दुर्गति र गरिबी तिर धकेलिन्छ।
८.लगनसिल भएर कर्म नगर्ने ब्यक्तिहरु : हामीले गर्ने हरेक क्रियाकलाप ले हाम्रो प्रगति र दुर्गतिको दिसा देखाउछ तेसैले हामीले हरेक काम लगनसिल अनुसासन र मेहेनतका साथ गर्नु पर्दछ जसले गर्दा आफु सम्मानित हुन सकियोस। त्यसैले यदि व्यक्ति कर्तब्य निस्ठ भएर काम गर्दैन भने उसले कहिले प्रगति गर्न सक्दैन चाहे त्यो आफ्नो काम होस् वा अरुको नै
९. कुलतमा फसेका व्यक्तिहरु : कुलतमा फसेका व्यक्ति हरुले कहिल्यै प्रगति गर्न सक्दैनन किनकी उनीहरुलाई आफ्नो काममा भन्दा बढी समय कुलतमा नै सदुपयो गर्न चाहन्छन जसको कारण उनीहरुले जिबनमा कहिल्यै पनि धन दौलत प्राप्त गर्न सक्दैनन्।