Upatyakaapost

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा ...
उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

बर्दिबास उद्योग बाणिज्य संघको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा सस्तो सुलभ गुणस्तरीय सामानको ...
Home Blog Page 31

मेयर बालेन शाहकाे कटाक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति प्रश्न गर्दै देश बनाउँदैछु भनेर कुन नैतिकताले भन्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

उपत्यकाको फोहोर लैजाने सडक विगत ८ वर्षदेखि खराब अवस्थामा रहेको बताउँदै यस्तो बाटो बनाउनेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले देश बनाउने कुरा गर्दै हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् । उनले अाफ्नाे फेसबुक पेजमा भनेका छन्, “श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु ।

भिडियाे लिंक https://www.facebook.com/balenOfficial/videos/600057485168245

सत्तारुढ दल र विपक्षी दल नै फोहोर विसर्जनमा बाधक : बालेन्द्र शाह

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताएका हुन्

सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको उनले बताएका छन् । सोमबार २०३ वटा गाडीले फोहोर विसर्जन गरेको उनले जानकारी गराएका छन् ।फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् ।

नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’फोहोर व्यवस्थापनमा विगतमा भएका गल्ती नदोहोर्‍याउने भन्दै उनले भनेका छन्, ‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापर्वाही र त्यो क्षेत्रको दूरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ । त्यस्तै अहिलेको मुख्य काम पनि स्वार्थ नभई फोहोर व्यवस्थापन भएको उनले बताएका छन् ।गाडि भनेका छन्, ‘व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो । त्यस्तै बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू गत सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

ह्याट्रिक गर्ने सोचमा सांसद एवम् पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान

काठमाडौं- काठमाडौं क्षेत्र नं ६ का नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान तेस्रो पटक चुनाव लड्रने तयारीमा देखिएका छन् । यस अघि पनि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन, पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो । सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । जय नेपाल शब्दलाई पार्टी भित्र मात्र नभई राष्ट्रिय अभिवादनको रुपमा प्रयोग गरिनु पर्ने मान्यता पनि प्रधानको रहेको छ । कांग्रेस भित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका प्रभावशाली नेता समेत रहेका प्रधान अबको निर्वाचनमा पुन आफ्नो उम्मेदवारी दिने तयारीमा छन् ।

गर्मी महिनाका लागि १० लाभदायक खानेकुरा

स्वस्थ रहन कसलाई मन पर्दैन होला र ? तर हाम्रो देश जस्तो मौसम परिबर्तन भै रहने ठाउमा हामीले हाम्रो सरिरलाई स्वस्थ राख्नको लागि धेरै कुरामा ध्यान दिन जरुरि छ। गर्मी महिना होस् वा जाडो महिना हाम्रो सरिरलाई नत गर्मि मन पर्छ नत जाडो नै , जाडो महिनामा हामीले जसरि आफ्नो स्वस्थको लागी ध्यान दिन्छौ तेसै गरि गर्मि महिनामा पनि हामीले हाम्रो स्वस्थमा खास ध्यान दिनु पर्छ। हामीले दैनिक रुपमा खाने खानाले हाम्रो स्वास्थमा परिबर्तन ल्याउछ तेसैले गर्मि महिनामा बिसेस गरि सितल हुने किसिमका खानेकुरा खानाले हाम्रो सरिर स्वस्थ रहनछ। अहिले तपाइँ गर्मि महिनालाई अनुभब गर्दै हुनुहुन्छ भने तपाइले यी चिजहरु खानाले तपाइको स्वस्थ लाइ राम्रो गर्दछ।

Fresh summer fruits

१. गोलभेडा टमाटर एन्टिआक्सीडन्ट र भिटामिन सीले भरिएको हुन्छ। यसमा लाइकोपीन जस्ता लाभदायक फाइटोकेमिकल पनि हुन्छ जसले पुरानो रोगहरू विशेष गरी क्यान्सर हुनबाट बचाउछ। 

२. खर्बुजा यो फल हाइड्रेसन नायक हो, यसको पानीले तपाईंलाई शान्त र हाइड्रेट राख्दछ। गर्मीमा यसले थप बोनसको रूपमा काम गर्दछा “तरबूजमा लाइकोपीन पनि हुन्छ, जसले छालाको सेललाई घामबाट बचाउँछ मदत गर्दछ। 

३. सुन्तलामीठो सिट्रस फल पोटेशियममा समृद्ध हुन्छ जुन गर्मीमा महत्वपूर्ण छ। तपाईले पसीनाले पटासियम गुमाउनुहुन्छ, जसले तपाईका मांसपेशिहरुमा जोखिममा पार्छ, सुन्तला खानाले तपाईको आपूर्तिलाई पूरै पूर्ति गर्दछ र मांसपेशिहरुमा सिथिल हुनबाट टाढा राख्छ, सुन्तलामा लगभग ८० % पानी हुन्छ त्यसैले यसको सेवन गर्नाले तपाइँको सबैभन्दा गर्मीका दिनहरूमा हाइड्रेटेड रहनेछ।

४. दहि गर्मि महिनामा दहि चिसो बनाएर खाने गर्नाले एसले तपाइको सरिरलाई चाहिने प्रोटिन र तपाईंको पाचन प्रणालीलाई सहज रूपमा चलाउँदछ।

५. धनिया यसले तपाईंलाई अधिक वजन घटाउन मद्दत गर्दछ। साथै सरिरमा भएका विकारका बस्तुहरुलाई निकाल्न एसले सहयोग गर्छ 

६. सयाऊ , नाशपाती/ आरु यी खानाहरूमा फाइबर पनि उच्च हुन्छ साथै रसिलो पनि हुन्छ, अधिकतम पोषण प्रभावको लागि छालालाई स्याउ , नाशपाती र आरु जस्ता फलफुल खाने गर्नुहोस । 

७. ग्रीन चियाग्रीन चियाले क्यान्सर र हृदय रोगसँग लड्न, कोलेस्ट्रोल कम गर्न, तपाईंको मेटाबोलिज्मलाई पुन: बहाली गर्न मद्दत गर्दछ तर यदि तातो महिनामा तातो पेय पदार्थ डुब्नु भनेको मुर्ख हुन्छ त्यसैले ग्रीन टी लाई बरफमा प्रयोग गर्नुहोस् एसले तपाइलाई सितलता प्रदान गर्दछ। 

८. हरियो सलादहरूताजा, कच्चा पालकको प्रयोगले छाला बचाउन मदत गर्दछ सुन्तला र गाढा हरियो खानामा क्यारोटीनोइड्स, हुन्छ जुन तपाईंको शरीरलाई भिटामिन ए मा रूपान्तरण गर्दछ, छालालाई सूर्यको क्षतिबाट बचाउँछ।

९. नट्सबदाम, काजू खानाले तपाईंको खराब कोलेस्ट्रोलको स्तरलाइ कम गर्छ ।

१०. अभोकडो यो त्यस्तो सुपरफूड हो जुन यसको आफ्नै प्लेसहोल्डर योग्य छ। किनकि यो मुटु र समग्र स्वास्थ्यको लागि लाभ्दाएक छ। 

कपालको चायाँ हटाउने सुत्र

what is dandruff

सुन्दर कपाल र आकर्सक व्यक्तित्व  कसलाई मन पर्दैन र तर हामीलाई चहाना हुदाहुदै पनि हामी कुरुप कपाल लिएर हिडिरहेका हुन्छौ। कतिपय  ठाउमा कपालकै कारण आफ्नो व्यक्तित्वलाइ पनि दर्साउन सकिरहेका हुदैनौ तेसैले मानब जिबनमा कपालको ठुलो महत्व छ, जसले व्यक्तिको व्यक्तित्व दर्साउनको साथै सुन्दरता देखिनलाई  पनि थप मदत गर्दछ।  कपालमा हुने धेरै समस्याहरु मध्ये चाया पनि एक हो। सामान्यतय हामीलाई कपालमा हुने चायाले सताई रहेको हुन्छ  हामी कतिपय बर्षौ  देखि चाया संग कुस्ती खेलिरहेका हुन्छौ तर पनि हामी हारखाइ रहेका हुन्छौ ।  तपाइको कपाल  के  धेरै चिल्लो छ? के  सुक्खा छ? धेरै घुमाउरो? धेरै सीधा? त्यसोभए, त्यहाँ पक्कै पनि डरलाग्दो डान्ड्रफ हुनसक्छ।  तेसैले  आज तपाइहरुलाई हामि  चाया हटाउने टिप्स दिन गइरहेका छौ।

१ एन्टी डेन्ड्रफ़ शैम्पू को   गर्नुहोस , यसले तपाईंको स्क्याल्पमा तेलहरू कम गर्न मद्दत गर्दछ।

२ ग्रिन  टी  प्रयोग गर्नुहोस्।

३ एप्पल साइडर सिरप् apple cider vinegar प्रयोग गर्नुहोस्। 

४ नरिवलको  तेलले  मालिश गर्नुहोस्। 

५ कागतीको  रस प्रयोग गर्नुहोस्।

६ बेकिंग सोडा प्रयोग गर्नुहोस्।

दैनिक रुपमा तपाइले माथि दिएका टिप्स हरु  भने  तपाइलाइ चायाको समस्या हटेर जानेछ।