Upatyakaapost

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा ...
उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

बर्दिबास उद्योग बाणिज्य संघको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा सस्तो सुलभ गुणस्तरीय सामानको ...
Home Blog Page 32

टेलिचलचित्रहरुको माझमा च्याँखे दाउ

काठमाण्डाै, नेपाली टेलिचलचित्रहरुको माझमा एउटा हाँस्य कथामा आधारति टेलिचलचित्र च्याँखे दाउ निर्माण भएको छ ।
हलेसी अनलाइन मिडियाको ब्यानरमा निर्माण भएको उक्त टेलिचलचित्रलाई फौद प्रिन्स तामाङले लेखन, सम्पादन, छाँयांकन र निर्देशनको काम गररिहेका छन् भने उक्त टेलिचलचित्र हलेसी अनलाइन मिडियाको युटुब च्यानलबाट हरेक शुक्रकार साँझ ७ः३० बजे प्रशारण भइरहेको छ । टेलिचलचित्रमा कवीर सेन्चुरी, प्रमिला राई, हेम लामा, उर्मिला डंगोल, एलेक्स मर्हजन, अस्मिता अधिकारी, अजय पुतुवार, जीवन पुतुवार, मान बहादुर तामाङ, मेनुका कार्की, आदीको अभिनय रहेको छ । टेलिचलचित्रमा समाजमा बिधमान समस्याहरुलाई हाँस्यरुपमा उतारिएको निर्देशक तामाङले बताएकाछन् । टेलिचलचित्रको दश भाग सम्म आउदाको विभिद उतारचढाबका कारण टेलिचलचित्रले हालसम्म सोचे जस्तो सफल नभएको र निकट भविस्यमा नै यसले धेरै दर्शकको मन जित्न सफल हुने निर्माण टोलिको दाबी रहेको छ ।

धौलागिरी लघुवित्तकाे आईपीओ भर्ने अन्तिम दिन आज

काठमाडौँ। धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ मंगलबारदेखि बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।