यही मिति २०८० साल असार २ गते शनिबारका दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ४८ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

यस प्रतिष्ठानका नव प्रतिभा पल्लवी माझीले सञ्चालन गरेको उक्त कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिने आमन्त्रितहरूमा मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य विमला वि.क., बुढ्यौली साहित्य समाज महोत्तरी अध्यक्ष नानीराम दहाल र प्रलेसका केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए भने सो कार्यक्रममा प्रतिष्ठानका प्रचार विभाग प्रमुख जीवनराज दहाल पनि उपस्थिति थिए ।
उक्त कार्यक्रममा विभिन्न लयका गीत, कविता वाचन गरिएका थिए ।

आफ्नो रचना वाचन गर्ने स्रष्टाहरुमा दशक बलम्पाकी, प्रश्ना कार्की, प्रतिमा पौडेल, मन्दीप कार्की, आस्था महतो, विमला वि.क., नानीराम दहाल, पल्लवी माझी, जीवनस्पर्शी, विपिराज दहाल, विपुल विद्रोही लगायत मनिषा उराउ, मोनिका महरा, सुयस्ना ढुङ्गेल, करिमा पौडेल, जेसिका कार्की, नारायण दर्लामी, मोनालिसा बलम्पाकी, अभिशेक शङ्कर, प्रज्वल खड्का, रसिक पौडेल, सागर आले मगरको पनि उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले यस प्रतिष्ठानको ४८ औँ शृङ्खला सभ्य र भव्य रुपमा सफल पार्न उपस्थिति हुने विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधि साथीहरु, साहित्य अनुरागी विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम श्री देउराली मा. वि. बर्दिबास एकको प्राङ्गणमा सम्पन्न भएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments