काठमाडौं – फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको चर्चित ब्याण्ड ‘नेपथ्य’ले १० स्थानमा कन्सर्ट गर्ने भएको छ ।मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षयकोष स्थापनाको लागि देशका प्रमुख शहरहरुमा ‘मानवताको लागि सङ्गीत’ नामक कन्सर्ट गर्न लागेको हो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार ‘मानवताको लागि सङ्गीत’ सांगीतिक टुर मंसिर १६ गतेबाट शुरु हुनेछ । पुष १६ गतेसम्म चल्ने सांगीतिक प्रस्तुति देशको १० प्रमुख शहरहरुमा हुनेछ । जस अन्तर्गत हेटौंडामा मंसिर २२ गते भुटनदेवी चौरमा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । नेपाली दर्शक तथ स्रोतामा रुचाइएको नेपाली व्याण्ड ‘नेपथ्य’को सांगीतिक प्रस्तुति मंसिर १६ गते बिराटनगर, १९ गते विरगंज, २२ गते हेटौंडा, २५ गते नारायणगढ, नेपालगंजमा मंसिर २९ गते, पुष ३ गते धनगढीमा,६ गते सुर्खेत, ९ गते बुटबल, १२ गते पोखरा र कांठमाण्डौमा पुष १६ गतेका लागि तय गरिएको श्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।