काठमाण्डौं क्षेत्र नं ६ (ख) बबिन्द्र कार्की अन्य दललाई भारी
पुरानालाइ हैन नयाँलाइ । पाटीलाइ हैन स्व्तन्त्रलाइ। भाषण हैन कामलाइ ।यही नाराका साथ काठमाण्डौं क्षेत्र नं ६ (ख) बाट समाजसेवी बबिन्द्र कुमार कार्कीले जाँतो चिन्ह लिएर स्वतन्त्र उमेद्वारमा उठेका छन् ।
देशभरिका युवामा राजनितिक बितृष्ण जागेका बेला युवाहरूको साथले र समाज र राष्टका लागि सेवाभाव राखेर स्वतन्त्र उमेद्वारमा उठेका समाजसेवी कार्कीलाई आफ्नो क्षेत्रबाट देशभक्त युवाहरुको साथले गर्दा नै आफु जित नजिक रहेको हामीलाई बताएकाछन् ।
बिभिन्न चरणमा स्थानिय चुनाब देखि संसदिय चुनाब सम्म साथी, भाई, नातागोताले मिठा भाषण दिई जित पछि समाज र देशको लागि फर्केर पनि नहेरेको तितो सत्यलाई सम्झदै आफुले एक पटक मात्र पनि चुनाब जित्न सके पुराना राजनैतिक शैंली र परिपाटी तोडी बाँकी जीवन समाज र राष्टलाई खर्चिनेकुरामा जोड दिएकाछन् ।
0
0
votes
Article Rating
Subscribe
Login
0 Comments
Inline Feedbacks
View all comments