Upatyakaapost

“बाँदरका लागि विशेष भोज: समाजसेवी विष्णु खड्काको जन्मदिन मनाउने अनौठो शैली”

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। श...
विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा ...
Home Blog Page 4

साहित्य र सङ्गीतको वर्षा गराउँदै बर्दिवास साहित्य

0

मिति २०८१ साल भदौ ८ गते शनिबारको दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६१ औं अङ्क विशेष भजन विमोचन तथा साहित्यिक साङ्गीतिक कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

यस प्रतिष्ठानका गीत तथा सङ्गीत विभाग संयोजक जीवनाथ पोखरेलले सञ्चालन गरेको सो कार्यक्रममा शुभकामना दिने अतिथिहरुमा बृहत् साहित्य सञ्जाल मधेस प्रदेश संयोजक तथा प्रलेस मधेस प्रदेस अध्यक्ष नारायण घिमिरे, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना, लेखनाथ स्मृति सदन महोत्तरी अध्यक्ष जनक प्र.पौडेल, प्रलेस मधेस प्रदेश सचिव भिम राउत, बर्दिबास नेवा: समाज अध्यक्ष धन नारायण श्रेष्ठ, गायक आभास श्रेष्ठ, जनवादी लेखक सङ्घ सितामढी (भारत)का कोषाध्यक्ष महमद कामरुदिन नदाफ सफलताको शुभकामना दिएका थिए भने लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतम, लोक दोहोरी प्रतिष्ठान मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, समाजसेवी दुर्गा दहाल, बुढ्यौली साहित्य समाज धनुषा अध्यक्ष नानीराम दहाल, जनता बहुमुखी क्याम्पस बर्दिबासका व्यवस्थापन समिति सदस्य हेमसागर वाग्ले, साहित्य प्रेमी विनोद ढुङ्गेल, जानकी नारी समाज महोत्तरी अध्यक्ष मन्जु मन्जुभाषिणी, सचिव रमा शर्मा ढकाल र सदस्य देवी घिमिरे, भान्सा सुधार अभियानका उपाध्यक्ष देवीप्रसाद पाण्डे, नगर पत्रकार सञ्जाल बर्दिबासका अध्यक्ष गोपाल बराल, उद्योग बाणिज्य सङ्घ बर्दिवासका अध्यक्ष विष्णु खड्का, मायाघर निर्माणका कुमार चौलागाईं र विश्व नेपाली साहित्य महोत्तरी उपाध्यक्ष शान्ता काफ्ले, हरि प्रसाद गौतम आदि अतिथिका रुपमा उपस्थित थिए ।

उक्त कार्यक्रमको सुरुमा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले कार्यक्रममा उपस्थिति सम्पूर्णलाई शब्दद्वारा स्वागत गरेका थिए । त्यसपछि प्रमुख अतिथि डाक्टर राजेन्द्र विमलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुकासाथै कविता दाहालद्वारा लिखित भजन भिडियो विमोचन गर्नुभएको थियोे ।

सो कार्यक्रममा विभिन्न लयका गीत, गजल, कविता र मुक्तक वाचन गरिएका थिए । सिर्जना वाचन गर्नेहरुमा नारद काफ्ले, कामरुदिन नदाफ, बन्चरो, जनक पौडेल, भिम राउत, राजु लामा, राजेश भण्डारी, पवन वाग्ले, आभास श्रेष्ठ, गणेश तिमल्सिना, धननारायण श्रेष्ठ, यादव वाग्ले, जीवनराज दहाल र नारायण घिमिरे लगायतले प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा लोकार्पण भजनको शब्द रचना गर्ने वा कृतिकार कविता दहालको कृतित्व र व्यक्तित्व माथि मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल र गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरेले चर्चा गरेका थिए । कार्यक्रमको अतिथि तथा कृतिकारको व्यक्तित्व माथि चर्चा गर्दै भान्सा सुधार अभियान देखि गीत कविता लेखन, वाचन र अभिनयमा समेत अब्बल रहेको बताएका थिए भने कृतिले मानिसमा सेवा भाव र जीवनलाई बुझ्न सकिने बताएका थिए ।

यसैगरी मन्तव्य व्यक्त गर्दै नारायण घिमिरेले कृतिकारलाई अझै लेखनमा थप उर्जा प्राप्तिका लागि शुभकामना दिएका थिए । कृतिकार कविता दहालले कार्यक्रममा आफ्नो जीवनमा उर्जा हौसला र प्रेरणा दिने आमा बुबा, दाजुभाइ, सासुससुरा लगायत सम्पूर्णमा आभार व्यक्त गरेकी थिइन् । साथै लोकार्पण कार्यक्रम आयोजना गर्ने संस्था प्रतिष्ठान परिवारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

भजन विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर राजेन्द्र विमलले कृतिकार कविता दहालको शब्दमा रचिएको र चर्चित सङ्गीतकार शिखर सन्तोषद्वारा सङ्गीत दिएको र चर्चित भारतीय गायिका अनुराधा पौड्वालले स्वर दिएको भजन हृदयस्पर्शी रहेको कुरा व्यक्त गर्नुभयो साथै कविता दहालको रचनाले उहाँहरु जस्तो गायक र सङ्गीतकार पाउनु सौभाग्य हो र यो अवसर सबैलाई मिल्दैन कविता भाग्यमानी हो भन्दै अझ राम्रा कृति लेख्न हौसला र प्रेरणा मिलोस् भन्ने सुभेक्षा प्रकट गरेका थिए ।

प्रमुख अतिथि डाक्टर विमलले अहिलेका युवा पुस्तामा दुर्व्यसनबाट मुक्त हुने प्रेरणादायी रचना आउन भन्ने मनोकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै आफूलाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरिएकोमा आयोजक संस्थाप्रति आभारी छु भन्ने विचार व्यक्त गरेका थिए साथै आफू यस प्रदेशको साहित्यिक राजधानी बर्दिबासमा आउँदा आनन्द आउने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६१ औं अङ्क विशेष भजन लोकार्पण तथा साहित्यिक साङ्गीतिक कार्यक्रमका प्रमुख अतिथि डाक्टर राजेन्द्र विमल, अतिथि लगायत सम्पूर्ण उपस्थितिमा हार्दिक आभार व्यक्त गरेका थिए । साथै कविता दहालको भजनले चर्चित भारतीय गायिका अनुराधा पौड्वालको स्वर तथा चर्चित सङ्गीतकार शिखर सन्तोषले सङ्गीत भर्नु सौभाग्य हो भन्दै कृतिकारका अन्य कृतिहरु पनि छिटै आउन भन्ने शुभकामना दिए ।

आफ्नो स्वास्थ अवस्था कमजोर हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएकोमा प्रमुख अतिथिलाई कृतज्ञता ज्ञापन गर्दैन उहाँ साहित्यको गुरु, ज्ञानको गुरु असल मार्गदर्शक हुनुहुन्छ भन्ने कुरा व्यक्त गरेका थिए । साथै कार्यक्रममा उपस्थिति सम्पूर्णमा हार्दिक धन्यवाद सहित कार्यक्रमको समापनमा गरेका थिए ।

भान्सा सुधार अभियानले स्वास्थ्ययुक्त खाजा खुवाएको उक्त कार्यक्रममा सुमन सारङ्गीले सारङ्गी बजाएर कार्यक्रमलाई अझ रोचक बनाएका थिए ।

कार्यक्रम बर्दिवास चोकको दिव्य भवनमा भएको थियोे भने यस कार्यक्रमको मिडिया पार्टनर ओमकार टेलेभिजनको पञ्चामृत कार्यक्रम रहेको थियोे ।

२९ औं तामाङ चलचित्र प्रर्दशन दिबस साथै तेश्रो तामाङ चलचित्र अवार्ड २०८१

तामाङ चलचित्र संघले यही भाद्र १५ गते नेपाल चलचित्र बिकासबोर्डमा २९ औं तामाङ चलचित्र प्रर्दशन दिबसका साथै तेश्रो तामाङ चलचित्र अवार्डकोको कार्यक्रम आयोजना गर्ने भएको छ ।
बिशेष गरी तामाङ चलचित्रको माध्यमबाट जनचेतना जगाउनुका साथै परम्परागत तामाङ समुदायका भेषभुषा, कला संस्कृती, संस्कार र रहन सहनलाई समुदायमा मात्र नभै देश बिदेश सम्म बिकास ,प्रर्बद्धन र सम्बद्धन गर्ने उद्देश्य राखेर संघको निर्माण भएको र सोही कुरालाई नै संघले आफ्नो प्रेस बक्तब्यमा पनि जोड दिएको छ । संघका अनुसार कार्यक्रममा बिभिन्न बिधामा अवार्ड र सम्मान दिइने जनाएको छ ।

चलचित्र रावायणको ट्रेलर सार्वजानिक, आक्रमक प्रचारप्रसारको शैली र उत्कृष्ट प्रस्तुती

पुजा शर्मा र सुर्दशन थापा फिल्मस् प्रोडक्शनबाट निर्मित चलचित्र रावायणको ट्रेलर सार्वजानिक भएको छ । यही भाद्र २१ गतेबाट सिनेमाघरमा आउने चलचित्र रावायणमा पुजा शर्मा, पल शाह, प्रियांका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, आदी कलाकारहरुको मुख्य भुमिकामा रहेको छ भने चलचित्रलाई निर्देशन सुर्दशन थापाले गरेका छन् । बिशेष गरि रोमान्टिक लभ स्टोरी चलचित्र र्निदेशन गरिरहेका थापाले पहिलो पटक एक्शन चलचित्र निर्माण गरेका हुन् । चलचित्रको टिजर देखि गीत रिलजि गर्दा सम्म दर्शकको ताली पाएका निर्माण पक्षले हाल सम्म पाएको दर्शकको प्रतिकृया उत्साह जनक रहेको देख्न सकिन्छ । उत्कृष्ट छायांकनका साथमा श्री श्रेष्ठको उत्कृष्ट द्वन्दले चलचित्रलाई अझ उत्कृष्ट बनाउनका लागि यस चलचित्रको ब्याग राउन्ड साउन्ड स्कोर समेत भारतमा गरिदै रहेको निर्माण पक्षले जनाएको छ । हाल सम्म रिलिज भएको ट्रिजर गीत र ट्रेलर हेर्दा दर्शकको राम्रो प्रतिकृया पाएको चलचित्रले पहिलो पटक पल शाहलाई डबल रोलमा फिचर गरेको छ । राम र रावणको दुबै अवतारमा देखिएका पल शाहको संबादले पनि चलचित्र रावायणको संबाद उत्कृष्ट रहेको देख्न सकिन्छ । नेपालको तराई भुभागमा निर्माण भएको चलचित्र झट्ट हेर्दा चलचित्रको कलर ग्रेडिङ, स्थानिय पहिरन, रहनसहन, भाषा, र चलचित्रमा देखाइने घरेलु हातहतियारका कारण पनि धेरै नेपाली दर्शकले साउथ मुभिको स्वाद रहेको प्रतिकृया जनाई रहेकाछन् भने बिश्वबजारमा तहल्का मच्चाई रहेको साउथ चलचित्र सँग तुलना गर्नु पनि राम्रो पक्ष रहेको निर्देशक थापाले बताएका छन् । हाल सम्म टिजर, ट्रेलर र एक गीत रिलिज भै सकेको अबस्थामा केही दिनमा नै फेरी नयाँ गीत रिलिज हुने निर्माण पक्षले बताएका छन् भने आक्रमक प्रचारप्रसारको शैली र उत्कृष्ट प्रस्तुतीका कारण पनि यस चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

नारी देबी हुन् र नारीको पुजा गर्नु पर्छ भन्दै देबीको ट्रेलर सार्वाजनिक

बाँसुरी फिल्मस सँगको सहकार्यमा एक्जिविट स्टुडीयोको ब्यानरमा बनेको चलचित्र देबीको ट्रेलर सार्वाजनिक गरिएको छ । यही भाद्र २१ गते बाट अधिराज्यका हलहरुमा चल्ने चलचित्र देबीका कलाकारहरुमा नाजिर हुसेन , गौरब पहाडी,र शिल्पा मास्केको मुख्य भुमिका रहेकोछ ।

चलचित्रलाई नव निर्देशक संजोग राईले निर्देशन र लेखन कार्यमा भने उनलाई साथ अजय गौतमले दिएका छन् । ब्यबसायिक रुपमा इटालिमा फोटोग्राफी काम गदै आएका राईले नेपालमा हुने गरेका नावालिक बलात्कार र बलात्कार पछि हत्या गरेका ह्रदय बिदारक घटनाहरुलाई मध्यनजर गर्दै चलचित्र निर्माण गरेको बताएका छन् । कोभिड भन्दा अगाडी सुटिङ शुरु गरिएको चलचित्र बिभिद कारण प्रर्दशनमा आउन ढिलाई भएको पनि राईले बताएका छन् । बिशेष गरी पछिल्लो समयमा नारी संबेग र संबेदनमा चलचित्र बन्दै आएको शिलशिलामा देबी चलचित्रले पनि नारी देबी हुन् र नारीको पुजा गर्नु पर्छ भन्ने भाव नै चलचित्रमा भएको निर्माण पक्षले जानकारी दिएका छन् ।

सम्भ्रान्त परिवार बिचमा भएको प्रेम र घृणा चलचित्र बर एण्ड बधुमा

नेपाली कथानक चलचित्र बर एण्ड बधुको ट्रेलर सार्बजानिक गरिएको छ। एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र बर एण्ड बधु लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् भने चलचित्रका कलाकारहरुमा आँचल शर्मा नव नायक बिवेक कर्मचार्य, किरण के.सी. रबिन्द्र खड्का, बिजय लामा, गरिमा शर्मा, बिजु पार्की, सरिता लामिछाने, कुशुम शर्मा, हिेमेश पन्त सृष्टी खड्का आदी कलाकारहरुको अभिनय हेर्न सकिने छ । यही भाद्र १४ गते देखि रिलजि हुन गैरहेको चलचित्र बर एण्ड बधुका निमात्री जानुका थापा हुन् भने लेखन प्रदिप भारद्धवाजले गरेका छन् । त्यस्तै चलचित्रका गीत लेखनमा लेखु क्षेत्री छन् भने संगित अर्जुन पोख्रल र युग भुसालको रहेको छ जसमा गायक गायिकामा अन्जु पन्त, प्रताप दास र सुगम पोख्रलको आवाज सुन्न सकिने छ त्यस्तै कोरीयोग्रफरमा कबिराज गहतराज र सुस्मिता वाईबाले गरेका छन् भने छाँयांकन पक्ष सुदिप बरालले सम्हालेका छन् । स्वदेश तथा बिदेशमा समेत छाँयांकन गरिएको चलचित्रको ट्रेलर हेर्दा एक सम्भ्रान्त परिवार बिचमा भएको प्रेम र घृणालाई कमेडी धारमा देखाईएको छ । बिबेक र आंचलको जोडी मिलाउन किरण के.सीको हर प्रयास र परिवारमा बाबु देखि छोरा छोरीमा भएको घमण्ड, आक्रोश र प्रेमले भरिएको चलचित्रलाई निर्देशक चाम्सले उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको देखिएको छ । हाल ट्रेन्डिमा चलिरहेको ट्रेलर हेर्दा चलचित्रले नेपाली चलचित्र बजारमा उत्कृट ब्यापार गर्न सक्ने अनुमान गरिएको छ भने चलचित्र लिलिबिली पछि निर्देशक मिलन चाम्सले पनि फेरी आफ्नो उत्कृष्ट काम देखाएका नै छन् ।