Upatyakaapost

“बाँदरका लागि विशेष भोज: समाजसेवी विष्णु खड्काको जन्मदिन मनाउने अनौठो शैली”

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। श...
विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा ...
Home Blog Page 3

पानीको मुल्य र पानीमा देखिएको गुणस्तरलाई लिएर संचारमा आएको समचारहरु प्रति खण्डन

0

काठमाण्डौ,नेपाल बोटल वाटर उद्योग संघले नेपालीहरुको चाड नजिकिदै गर्दा बजारमा सिलबन्दी पानीमा देखिएका बिभिन्न पानीको मुल्य र पानीमा देखिएको गुणस्तरलाई बिभिन्न सामाजिक संजाल र संचारमा आएका गलत समचारहरुको खण्डन गर्दै पत्रकार सम्मेलन गरेको छ ।
उद्योगी, बिक्रेता, तथा उपभोक्ताहरुमा सचेत गर्ने उद्देश्यका साथ गरिएको पत्रकार सम्मेलनमा आम उपभोक्तालाई स्वच्छ सफा पानी गुणस्तर सिलबन्दी जार तथा बोटलको पानी खुवाउनको लागि सम्पुर्ण पानी उद्योगीलाई पटक पटक क्षेत्रगत तालिम दिदैं आएको र मानविय नियतबश समय समयमा उद्योग ब्यवसायीलाई फसाउने उद्देश्यले गरेका क्रियाकलापले उद्योगीहरुले ठुलो सजाय भोग्नु परेको अबस्थालाई समेत प्रेस बक्त्तब्यमा उल्लेख गरेको छ । उपभोक्क्ताबाट पानीको खाली जारमा बिभिन्न प्रकारका अखाद्य सामानहरु जस्तै डिजेल, मट्टीतेल, जाँड रक्सी राख्ने, डिसपेन्सर सफा नगर्ने बर्षातको पानी भर्ने कार्यले गर्दा आई पर्ने समस्यालाई समेत उद्योगीले नै हेर्नु पर्नै भएकाले यस्ता कार्यमा उद्योगी जिम्ेवार नहुने कुरा स्पष्ट पारेको छ । साथै सिलबन्द पानीको त्रुटीको हकमा भने उद्योगीले जिम्मेवारी लिनुपर्ने तर त्यहाँ पनि सिल खोलिएको बोटल हो कि हैन, पहिचान खुलेको लोगो, इम्बोसिंङग वा प्रिन्टेड जार, मुल्य खुलेको क्यु आर कोड स्टिकर, सफा राम्रो जार पानीको बोटल, ल्याब परिक्षणको कागजात हेर्नु पर्ने र तोकिएको भन्दा बढि मुल्यमा प्रभाव पर्ने गरि पानी बिक्रि वितरण गर्ने देखि सचेत रहि बिल/बिजक सहित पानी खरिद तथा बिक्री गर्न अनुरोध गरेको छ ।
साथै संघले बजारमा अन्य हरेक उपभोग्य बस्तुको मुल्यबृद्धी हुदा समेत वाटर बोटल संघले भने २०७७ सालमा सिफारिस गरिएको मुल्यलाई यथावत राखि उपत्यका बाहिर र उपत्यका भित्र दुई भागमा बिभाजन गरि उद्योग मुल्य, ढुवानीकर्ता मुल्य, डिष्टिव्युटर मुल्य, र उपभोक्ता मुल्यको समेत लिष्ट सार्वाजनिक गरेको छ । उपत्यकाको हकमा जारको उद्योग मुल्य रु १८, ढुवानीकर्ता मुल्य रु ३५ , डिष्टिव्युटर मुल्य ४५/४७ तोकेको छ भने बोटलको हकमा उद्योग मुल्य ११०, ढुवानीकर्ता मुल्य १३०, डिष्टिव्युटर मुल्य १४० र खुद्रा मुल्य रु १६ रहेको र उपत्यका बाहिरको हकमा भने जारमा उपभोक्ता मुल्य रु ६० र बोटलको उपभोता मुल्य रु २० रहेको नेपाल बोटल वाटर उद्योग संघले जनकारी गराएको छ ।

रामचंद्र अधिकारीको नाम उल्लेख गरेर सामाजिक संजाल मा आएको लेख प्रति कलाकार संघको ध्यानकर्षण

0

नेपाली चलचित्रका वरिष्ठ कलाकार तथा हास्य टेलि श्रंङखलाका कलाकार काजीबा भनेर चिनिने रामचंद्र अधिकारीको नाम उल्लेख गरेर कपोलकल्पित कुराहरू सामाजिक संजाल मा आएको देखिएकाले हाम्रो ध्यान आकृष्ट भएको चलचित्र कलाकार संघ फानले जनाएको छ ।
संघले यस्ता भ्रमपूर्ण समाचार र कुराहरू नलेखिदिन हुन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ । यो भन्दा अगाडी पनि यस्ता कपोलकल्पित समाचारहरू लेख्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कारबाही भएको र यस्ता किसिमका कपोकल्पित समचार र लेखहरु क्रमबद्ध रुपमा आईरहे सजायको भागिदार समेत हुनुपर्नेमा फानले प्रष्ट पारेको छ ।

तामाङ चलचित्र संघको २९ औ तामाङ चलचित्र दिबस तथा फिल्म अवार्ड सम्पन्न

0

तामाङ चलचित्र संघको आयोजनामा २९ औ तामाङ चलचित्र दिबस तथा तामाङ फिल्म अवार्ड सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक लामाको अध्यक्षता र उप सभामुख इन्दिरा रानाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रमा नाम कमाएका र तामाङ चलचित्रमा बिशेष योगदान दिएका ब्यतित्वहरुलाई सम्मान समेत गरिएको थियो। साथै कार्यक्रममा बिभिन्न चलचित्रमा आबद्ध कलाकाहरु, प्रबिधिकहरु र चलचित्र पत्रकारहरुलाई समेत सर्बोउत्कृष्ट अवार्ड दिईएको थियो ।
अवार्ड पाउनेहरुमा निर्देशक निमा लामा चलचित्र तिङ्ला नाङ्साल, निर्मात्रीमा भगवती मोक्तान चलचित्र दोर्जे डन ब्याक अगेन, त्यस्तै सर्बोउत्कृट नायकमा कुमार मोक्तान चलचित्र दोर्जे डन ब्याक अगेन बाट भने नायिकामा सिता लामा चलचित्र मायासे लासि ३ बाट सर्बोउत्कृष्ट अवार्ड पाएका थिए । त्यस्तै सर्बोउत्कृट ब्यानरमा सक्सेस फिलिमबाट अमर लामाले हात पार्न सफल भएका थिए भने कथामा लेखन रितिराज पाख्रिनले चलचित्र सेर्कु बाट पाएका थिए त्यस्तैे दुन्द्व निर्देशकमा राजु किरातले पाएका थिए भने नृत्य निर्देशकमा सुनिल मोक्तानले चलचित्र काला दाग बाट अवार्ड थाप्न सफल भएका थिए त्यसैगरी सम्पादनमा दिपक तामाङले चलचित्र ह्युल्ला कानुन, र छायांकनमा बिस्वास भन्डारीले फिलिम थुजुछे बाट अवार्ड लिन सफल भएका थिए। त्यसैगरि खलनायकमा बिकु बहादुर थोकर चलचित्र म्लाङ पावारबाट थिए भने सह नायक आराम्भ तामाङले चलचित्र ङ्हो र सह नायिकामा रुपा एस घलेले चलचित्र ब्रेल्साङ बाट जित्न सफल भएका थिए । त्यस्तै नब नायक नायिका तर्फ समिर रुम्बाले मायाला घ्रान र नब नायिकामा छिरिङ मुक्तानले अवार्ड लिएका थिए। त्यसैगरि अभिनेता तर्फ बिगेन्द्र वाइबा चलचित्र टु बाट थिए भने अभिनेत्री तर्फ भुइसाल लामाले चलचित्र आबालेङ्ला नाम्सा बाट सर्बोउत्कृट अर्वाड पाएका थिए। त्यसैगरी हाँस्य कलाकारमा कुइसाङ रुम्बा चलचित्र म्हेन्दो बाट थिए भने गायकमा बिसाल काल्तान र
गायिकामा जितु लोप्चन सर्बोउत्कृट अवार्डले सम्मानित भएका थिए। सथै उत्कृष्ट मिडियामा म्हेन्दोला फोले बाट सुनिल लामाले हात पारेका थिए भने उत्कृष्ट संगितकारमा जोगलाल लामाले चलचित्र ब्रेल्साङ बाट अवार्ड हात पार्न सफल भएका थिए । त्यस्तैे गीत रचनाकार तर्फ कुमार स्याङ्बाले चलचित्र प्राङना बाट सर्बोउत्कृष्ट अर्वाड हात पार्न सफल भएका थिए ।
लगभग प्रमुख अतिथीको ढिलाइका कारण ढिला हुन पुगेको कार्यक्रम ढिला सम्म चलिरहदा अनौठो कुरा त कार्यक्रमको समापन सम्म आयोजक, प्रबिधिक र पत्रकार मात्र रहेका थिए भने करिब आधा हलका सिट अतिथीले नै भरिएको र बाँकी सम्मान पाउनेहरुले भरिभराउ हुँदा कार्यक्रममा अवार्ड लिदै घर तर्फ लाग्ने प्रबृतीले अन्य सम्ममा आफै अवार्ड सम्मान लिदै ताली बजाउनु पर्ने समेतको अबस्था आएको थियो। साथै मनमुटवका कारण तामाङ चलचित्रकर्मीहरु ३६ को आँकाडा उभिएकै कारण पनि एक तर्फका चलचित्रकर्मीहरुको उपस्थिती भने शुन्य नै देखिएको थियो ।

चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न, बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय

काठमाडौँ– नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्मपन्न गरिएको छ । बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा धेरै चलचित्रकर्मी, प्रबिधिक र कलाकारहरुको बाक्लो उपस्थितीमा क्यामेरा पुजा गर्दै चलचित्रको शुभमुर्हत सम्पन्न गरिएको छ। चलचित्रको शुभमुर्र्हत कार्यक्रममा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली लगायत बेलायती अभिनेता जेमी बेकम लगायत उपस्थित थिए ।
चलचित्रको शुभ मुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरु नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ चलचित्रमा दर्शकले फरकपन पाउने पनि निर्देशकको दावी रहेको छ ।
उनले भने, ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो, एकदमै राम्रो चलचित्र बन्दै छ, तपाईहरुको सहयोगको खाँचो छ ।’
भोलीबाट छायांकन सुरु गर्ने तयारी सहित शुभमुर्हत सम्पन्न गरेको चलचित्रले बुधबार फाइनल वर्कसप सक्दै छ। चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गरेका थिए ।
अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।
चलचित्रमा प्रदिप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन , बेनिशा हमाल्, दिनेश डि शि, कबिता नेपाली, अवोन राज उप्रेति, सुरज सिह ठकुरी, त्रुचु राई, कृष्ण भक्त महर्जन्, बिकाश अधिकरी, दिग्गज खत्री , बिनोद कुमार सुबेदि क्षीतिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ् र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।
जेमी चलचित्र एक्लोको छायांकनका लागि मंगलबार मात्र नेपाल आएका हुन । उक्त फिल्मका निर्माता राजु कुमार गुरुङ्, हरी श्रेष्ठ, बिष्णु तामाङ्, उत्सब बिस्ट, भाइराजा थापा, नबिन सिवा, बागबिर पुन हुन् भने कार्यकारी निर्माता बिनोद कुमार सुबेदी क्षीतिज रहेका छन । फिल्मको छायाँकारमा बाबु श्रेठ तथा चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर र आर्ट डाइरेक्टरमा सन्तोष लामा रहेका छन्। चलचित्रलाई ४५ दिनको समय तालिकामा काठमाडौं र मुस्ताङका तयार सेटमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्र सानो संसारको मगमग फुलबारी बोलको गीत रिलिज

राजधानी मिडिया र प्रिन्सेस मुभिजको सहकार्यमा बनेको चलचित्र सानो संसारको मगमग फुलबारी बोलको गीत रिलिज भएको छ । सिद्धार्थ पुडासैनी द्वारा निर्देशित चलचित्रका निर्माताहरुमा माधब वाग्ले र अर्जुन कुमार रहेका छन् ।
भने चलचित्रका मुख्य कलाकारहरुमा अन्जसा रिजाल, अनु दाहाल,राज पंगेनी शर्मा,सितादेबी तिमिल्सिना,जीवन गौतम, सरीता गौतम, शिशिर सिवाकोटी आदी कलाकारहरुको मुख्य भुमिका रहेको छ । भाद्र १० गते सोमबार पारेर रिलिज भएको चलचित्रको गीतमा संगीत भर्ने र रचना गर्ने काम राजन राज सिवाकोटीले गरेका छन् भने गायनमा साथ दिएकी छिन् मेलिना राईले । कतिपय दर्शकहरुलाई यो नाम पहिल्यै सुनिएको नाम जस्तो र हेरे जस्तो पनि लाग्न सक्छ बास्तबमा भन्ने हो भने यस नामको चलचित्र पहिले नै बनि सकेको पनि हो यति मात्र नभै यस चलचित्र एउटा वेव सिरिज बनाउदा बनाउदै प्रोड्युसरलाई मन परेर वेव सिरिज नै बन्द गरेर सोही बिषय बस्तुमा बनाईएको चलचित्र हो। चलचित्रमा पनि सोही सिरिजकैै कलाकारहरुको अभिनय हेर्न सकिन्छ भने निर्देशक पनि उही सिरिजका नै रहेका छन् । मध्यम बर्गिय परिवारको कथा बोकेको यस चलचित्र बजेटको हिसाबले सानै लगानी रहेको देखिन्छ भने थोरै लगानीबाट धेरै फाईदा गर्न सिकेका अर्जुन कुमार र माधब वाग्लेले यस चलचित्रबाट पनि आफ्नो लागानी सुरक्षित गर्न सक्ने सम्भावना रहेको छ । यही असोज ११ गले देखि नेपाल अधिराज्यका हलहरुमा एकै साथ प्रर्दशन हुने चलचित्रकमा स्टार कास्ट भन्दा पनि बिषय बस्तु राम्रो भएकै कारण चलचित्र राम्रो हुने कुरामा निर्माता द्धय अर्जुन कुमार र माधव वाग्लेको भनाई रहेको छ ।