निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार
काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शाहिल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको फोटो’ मा शाहिल लिम्बुको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा देबेश राईको संगीत संयोजन रहेको छ। बिकाश लिम्बुको निर्माणमा बनेको भिडियोमा छायांकन सुमन तामाङको र सम्पादन अनिल रानाको रहेको छ। भिडियोमा बिष्णु मोक्तान,सुस्निता लिम्बु,एमके योङ्गहाङ्ग,मिना नेम्वाङ्ग फिचर्ड छन्। भिडियो मिना लिम्बुको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक दिनेशले सुमधुर गीतलाई उत्कृस्ट भिडियो बनाएको छन्। भिडियोको कथाले दर्शकको मन जित्नेछ।
विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।
विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नवराज थापाको स्वर राजकुमार बगरको सङ्गीत रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । डम्बर राईको छायाङ्कन रहेको भिडियो क्बतथबनचबजबयलष्लिभ त्ख् युट्व मार्फत सार्वजनिक भएको छ ।
नुनको भारी, मनको बाघले खाला जिन्दगी लगायत दजनौँ चर्चित म्युजिक भिडियो गरेका पौडेल नेपाली कथानक चलचित्र बुलाकी, ऐंचो पैंचो, कृष्ण लिला, रङेली, बिहे पास, मेला, ज्ञान शास्त्र लगायत फिल्ममा प्रमुख सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।
साजिद खान एक उदाउँदा कलाकार हुन् । उनले आफ्नो अभिनयलाई हाल विभिन्न म्युजिक भिडियोहरू मार्फत आफ्नो अभिनय कला देखाइसकेका छन् ।
उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’
बर्दिबास उद्योग बाणिज्य संघको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा सस्तो सुलभ गुणस्तरीय सामानको लागि बर्दिबास रोजौँ भन्ने उदेश्यले लागेको “सस्तो दसैँ बजार बर्दिबास २०८१” असोज १६ गतेबाट सुरु भएको थियो ।
बजार सुरु भए देखिको ५ दिनसम्म आइपुग्दा ३०,००० भन्दा बढी मानिसले अबलोकन गरिसकेका छन् । सस्तो, सुलभ, गुणस्तरीय सामानको लागि ग्राहकहरुको आकर्षकको केन्द्र अहिले बर्दिबासको सस्तो बजार बनिरहेको छ । यसरी हेर्दा यसलाई बर्दिवास उद्योग बाणिज्य संघको सफलता मान्न सकिन्छ ।
छिमेकी नगरपालिका तथा छिमेकी जिल्लाहरुबाट पनि धेरै ग्राहकहरु सस्तो बजारमा आएका देखिए । ढल्केबरदेखि सस्तो बजार हेर्न आएकी रिता क्षेत्रीले तीन हजारको सामान किनेको बताइन् । उनी भन्छिन्, “अहिलेको तुलनामा केही सस्तो लागेर नै मैले दसैंको लागि यति धेरै सामानहरू किनेँ ।”
‘नाम अनुसारको काम’ भन्दै लालबन्दी १ सर्लाहीबाट आएका एक दम्पतीले दसैंको लागि लत्ताकपडा किनेको बताए ।
त्यस्तै बन्ध्राबाट आएकी सुनिता सिंहले दसैंको लागि मरमसलाको सामान किनेकी थिइन् । सस्तो बजार कत्तिको सस्तो लाग्यो भन्ने प्रश्नमा उनी भन्छिन्, “बाहिरको तुलनामा केही सस्तो पाएँ ।”
यसै सस्तो बजारको कारण अहिले बर्दिबास बजार सबैतिर चलाएमान भएको अनुभव सबैले गरेका छन् ।
सस्तो बजारमा गुणस्तरीय सामान मूल्य बढि र म्याद गुज्रिएको सामान बिक्री वितरण भएको भनी गुनासो आएको हुँदा केही दिन अघि मात्रै इलाका प्रशासन कार्यालय बर्दिवासको कार्यालय प्रमुख श्री सुनील शर्मा पौडेलको नेतृत्वमा राष्ट्रिय उपभोक्ता मंचको अध्यक्ष श्री दिपेन्द्र पराजुली तथा इलाका प्रहरी कार्यालयको सहयोगमा बर्दिबासमा सस्तो बजार अनुगमन भएको कुरा बर्दिवासको उद्योग बाणिज्य संघले जनाएको छ ।
अनुगमन पछि उद्योग बाणिज्य संघको प्रतिनिधिहरूबाट अनुगमन प्रमुख श्री सुनील शर्मा पौडेलसँग बजारमा सुधार्नु पर्ने कुराको बारेमा प्रतिक्रिया मागेका थिए । सो क्रममा अनुगमन प्रमुखले मूल्यदेखी सामानहरु सबै संतोषजनक रहेको जानकारी गराएका थिए ।
यसगरी राष्ट्रिय उपभोक्ता मंच महोत्तरीको अध्यक्ष श्री दिपेन्द्र पराजुलीले यस्तो बजारले राम्रो चहलपहल बढाउने र निम्न आय स्तरको ग्राहकलाई चाडबाडको बेला राहत दिने तथा यस्तो कार्यक्रमहरू समय अनुकुल मिलाएर राख्नु पर्ने पनि सुझाव दिएका थिए ।
“नेपालको धेरै ठाउँहरूमा बेलाबेला सस्तो बजार लाग्ने गरेको छ । बर्दिवास नगरमा पहिलो पटक बर्दिवास उद्योग बाणिज्य संघले यसको प्रयास गरेको छ । सफल भयो भने सस्तो बजारले नेपालको अरु ठाउँमा झैं बर्दिवासमा पनि निरन्तरता पाउने छ ।” ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रम मार्फत बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताए ।
यहि १६ गतेबाट २५ सम्म चल्ने बजारले सम्पूर्ण उपभोक्त तथा ब्यापारीलाई राहत मिलेको छ । बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण उपभोक्ता, ब्यापारी तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना ।
(फोटो : बिजी मिडिया, रोयल मिडिया तथा बर्दिवास मिडिया हाउस)
उतम प्रधान र निरुता सिंहको जोडी करिब १८ बर्ष पछि एउटै फ्रेममा
गायक केशब भाबुकले भावुक गीतको म्युजिक भिडियो यो जुनिमा यस्तै भयो बोलको गीत सार्वजनिक गरेका छन् । रचनाकार बबी सुब्बा लिम्बुको वास्तबिक जीवनमा आधारित रहेर उनैले लेखेको रचनालाई संगितकार हरि लम्सालले संगित भरेका छन् भने गीतलाई एरेन्ज उदयराज पौडेलले गरेका छन् । यो जुनिमा यस्तै भयो म्युजिक भिडियोको सबै भन्दा गहन पक्ष भनेको यस भिडियोमा अभिनय गर्ने कलाकार द्वय उतम प्रधान र निरुता सिंहको जोडीलाई करिब १८ बर्ष पछि एउटै फ्रेममा देख्न सकिन्छ । एक सामन्य सानो परिवारमा भएको परिवारीक घटनामा श्रीमान श्रीमती र कलिलो बालक बिचको गहिरो माया र बिछोडको कहानीलाई निर्देशक, सम्पादक तथा लेखक मिराज अर्यालले बिभिन्न सिम्बोलीक बस्तुहरुको प्रयोग गरि उत्कृष्ट म्युजिक भिडियो बनाएका छन् । आफ्नो मृत्यु नजिकिदै जाँदा भोगेको पीडा र मृत्युपछिका दिनमा आफ्नी श्रीमतीलाई सनत्वना दिदैं पुरुष पक्षबाट लेखिएको गीतमा कार्यलय सहायक उत्तम प्रधान र शिक्षिका निरुता सिंहको बेजोड अभिनयले कथा लाई गहकिलो रुपमा उठाएको देखिन्छ । रचनाकार ववी सुब्बा लिम्बुले आफ्नो श्रीमान रंजित सुब्बा लिम्बु प्रति समर्पित भएर लेखेको यस गीतमा आफुले आफ्नो श्रीमान सँग नायिका निरुता सिंह र उत्तम प्रधानको चलचित्रहरु हेर्ने गरेको र त्यही पुराना आफ्नो श्रीमान सँगका यादहरुलाई ताजा गराउनका लागि पनि नायिका निरुता सिह र नायक उत्तम प्रधानलाई म्युजिक भिडियोमा खेलाईको कुरा बताईएको छ ।
गायक यस कुमारले दर्शक स्रोताहरु रुवाए
गायक यस कुमारले करीब नौ महिनाको अन्तरालमा फेरी आफ्ना दर्शक स्रोताहरुका लागि नयाँ गीत पस्केका छन् । यही असोज २ गते बुधबारका दिन काठमाण्डौंको सिटी सेन्टरमा पत्रकार, प्रबिधिक र कलाकारहरुका बिचमा गायक यस कुमारले आफ्नो संगितिक कोशेलीको लोकापर्ण गरेका छन्। गायक यसले लोकापर्ण गरेको गीत उनले केही महिना अगाडी ल्याएको गीत तिमी छौ र त को भाग २ आँखा बन्द गरेर गीतको बोल राखेर दर्शक माझ ल्याएका छन् जहाँ उही पुरानै कलाकारहरु स्वयंम यस कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीको बेजोड अभिनय रहेको देख्न सकिन्छ भने निर्देशकको रुपमा भने बिज्ञान राईको ठाउमा चर्चा कमाएका निर्देशक निकेश खड्काले गरेका छन् । म्युजिकल लभ स्टोरीमा आधारित म्युजिक भिडियोको कहानी उत्कृष्ट देखिन सकिन्छ जसलाई स्क्रिप्ट समेत गायक यसले नै तयार पारेको बताएका छन् ।
भिडियोमा ब्राहमण परिवार र लिम्बु परिवार बिचको युवायुवतीको निश्वार्थ प्रेमलाई देखाइएको छ जुन पहिलो भागमा स्पष्ट देख्न सकिन्छ । पहिलो भागको भिडियोमा आफ्नो इच्छा बिपरित युवतीका बुवाले आफ्नै जातका केटा सँँग बिवाह गरिदिए पछि युवतीमा आएको शारिरिक अशक्तता र आफ्नो श्रीमानले हेरचाह गर्न नसकेर माइतीलाई लगेर जिम्मा दिएपछि युबतीले पाथिभरामाताको दर्शन गर्न चाहेको बताउछन् र जहाँ उनले हिड्न नसकेका ब्यक्तिहरुका लागि भरिया बनेर बसेका पुर्व पे्रमी यस कुमार भरियाको रुपमा पाउछन् र २ बर्ष पछि भेटेका जोडीको फेरी त्यही बाट माया शुरु हुन्छ जहाँ यसकुमारले पाथिभरामा लगेर सिन्दुर हालीदिने बाचा पुरा गर्छन् र भिडियोले दोश्रो भागको कहानीको प्रतिक्षा गरेको हुन्छ र बाँकी दोश्रो भागमा युवतीलाई यस कुमारले निको पार्नका लागि गरेको हर प्रयासलाई देखाईएको छ । युवती निको हुन्छिन् भोलि डिसर्चाज हुने भनेपछि युवक खुशीले घर फर्कने क्रममा गाडीले ठक्कर हानी युवकको मृत्यु हुन्छ कथा पहिलो भागमा मिलन भए पनि दोश्रो भागमा बियोगान्त बनेर सकिन्छ । अन्त्य दृश्यबाट शुरु भएको दोश्रो भागको भिडियो पहिलो भागलाई स्पष्ट पार्नका लागि फ्ल्यास ब्याकको राम्रो प्रयोग गरिएको छ । भिडियोमा लिम्बु जातिको संस्कृती देखि स्पोनसरहरुको पनि राम्रै प्रयोग भएको देखिन्छ । अघिल्लो भागको गीतलाई हाल सम्म करीब ५३ लाखले हेरेका छन भने दोश्रो हालै रिलिज भएको गीतको भिडियालाईे हेर्दा दर्शकहरुले आँशुका साथमा भारी माया दिने स्पष्ट देख्न सकिन्छ ।