Upatyakaapost

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा ...
उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

बर्दिबास उद्योग बाणिज्य संघको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा सस्तो सुलभ गुणस्तरीय सामानको ...
Home Blog Page 2

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट १२ औँ वर्ष प्रवेशको अवसरमा चार दर्जन राष्ट्रिय व्यक्तित्व सम्मान

0

एभरग्रीन वल्डवाईड इन्टरटेन्मेन्टले संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १२ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८१ भाद्र ३१ गते सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ्ग प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएका चार दर्जन भन्दा धेरै व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) ले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अभिनेता शिव श्रेष्ठ, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डि.सि, विशेष अतिथिहरुमा कलाकार तथा निर्देशक रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह र अभिनेता, निर्देशक नवल खड्का रहनुभएको थियो ।
विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपाली कला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौलालाई मायाको चिनो प्रदान गरिएको थियो भने सम्मानित हुनेहरुमा बिरेन्द्र हमाल कलाकार, अभिनय प्रशिक्षक, राजाराम पौड्याल विशिष्ट हास्यकलाकार, शिवहरि नेपाल (बैरागी) बरिष्ठ हास्यकलाकार, रामचन्द्र अधिकारी विशिष्ट चलचित्रकर्मी, उत्तम के.सी. नेपाल बिशिष्ट चलचित्रकर्मी, शिव ढकाल बरिष्ठ छायाँकार, नारायण प्रधान बिशिष्ट चलचित्रकर्मी, लक्ष्मण बिक्रम बस्नेत बिशिष्ट चलचित्रकर्मी, डाक्टर सुभाष घिमिरे वरिष्ठ दन्त चिकित्सक तथा समाजसेवी, पुकार भट्टराई बरिष्ठ कलाकार तथा निर्देशक, रवि डंगोल बरिष्ठ हास्यकलाकार, निर्मल राज पौडेल कलाकार, एड गुरु, विशिष्ट प्यारोडि गायक, पवन के.सी (सुबेदी) बरिष्ठ कलाकार, मन्जु श्रेष्ठ बरिष्ठ कलाकार, प्रा.डा रामनन्दन प्रसाद चौधरी बरिष्ठ बाल शल्य, बाल युरोलोजी शल्य चिकित्सक, पुष्पराज बाना नेपाली प्रिन्टिङ क्षेत्रका सिद्धहस्त व्यक्ति, कबीन्द्र प्रसाद श्रेष्ठ चर्चित गायक, तेज बहादुर कटुवाल शिक्षाकर्मी, सविन श्रेष्ठ चर्चित अभिनेता, सुरज गराच(यसराज) कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, दिक्पाल कार्की कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, विनोद ढकाल चर्चित गायक तथा संगीतकार, राजन थापा बरिष्ठ समाजसेवी, संचारकर्मी, नन्दलाल खरेल वरिष्ठ पत्रकार, सम्पादक, देवी पाण्डे कलाकार तथा पर्यटन व्यवसायी छिरिंग छोम्बेल शेर्पा कलाकार, गम्भिर बिष्ट कोरियोग्राफर, विष्णु सुवेदी बरिष्ठ पत्रकार, अशोक धिताल कलाकार तथा संचारकर्मी, सपन श्रेष्ठ गायक, डिलबहादुर तामाङ(डि.बि दोङ) निर्देशक,कलाकार, नारायण थापा गायक, प्रेमबहादुर कार्की अध्यक्ष हाईजेनिक वल्र्ड अर्गनाईजेशन, दिपक तामाङ कोरियोग्राफर, साबित्रा चिलुवाल गीतकार, कलाकार तथा निर्मात्री, आशा भुषाल कलाकार तथा मोडल, दिप कुलुङ्ग कलाकार तथा गीतकार, प्रेम बहादुर तामाङ गीतकार, युवा व्यवसायी, राजेश महर्जन युवा व्यवसायी तथा समाजसेवी, गोकुल सुवेदी कलाकार, शुशिला उप्रेती(बजु) कलाकार तथा संचारकर्मी, सुगत कारंजित कलाकार, सुरेश तिमल्सिना हाँस्यकलाकार, राजु कार्की कलाकार तथा व्यवसायी केदार खड्का व्यवसायी, सलिना कटुवाल नवकलाकार तथा समाजसेवी, दिप्सन चिलुवाल बाल कलाकार, रमेश कुमार बस्नेत गीतकार, दाउथ राई गायक, मेलिना राई व्यवसायी रहेका छन् ।
नौमती बाजा समुह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । नायक गजित बिष्ट, मोडल प्रतिक्षा काफ्ले साथै डान्स फिभर टिम, श्रमिक कला एकेडेमी, गायक कृष्ण भट्टराई, संस्थाका उपाध्यक्ष होमराज पौडेलको प्रस्तुति रहेको उक्त कार्यक्रममा कार्यक्रम आयोजक टिममा सल्लाहकार रामेश्वर जंग के.सी, सुनिल कटुवाल, उद्धवप्रसाद भट्टराई, संयोजक भानुभक्त ढकाल, व्यवस्थापक रामेश्वर बुर्लाकोटी सहजकर्ता नम्रता खरेल, सिकृता वस्ती(ढकाल), हर्क मान वाइबा(रिदम), स्विकृती वस्ती रहनुभएको थियो भने विभिन्न सहयोगी संधसंस्था व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।
बिशेष सहयोगी दिन्सन शाह, तेजुला खतिवडा, गोपाल कृष्ण श्रेष्ठ लगायतलाई कदर पत्र प्रदान गरिएको थियो । छोटो मिठो तरिकाले भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको साथै प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको र आगामी दिनहरुमा अझै भव्य कार्यक्रम आयोजना गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए ।

बर्दिवासमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशको बैठक सम्पन्न

0

यही भाद्र २७ गते बिहिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशको जिल्ला तदर्थ नयाँ कार्य समितिको गठन गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य, कृष्ण प्र. गौतम, विशिष्ट अतिथिको रुपमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, त्यस्तै अतिथिहरूमा प्रगतिशील लेखक संघ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरे, मिथिला साहित्य प्रतिष्ठानको अध्यक्ष बिपिराज दाहाल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को उपस्थितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेश तदर्थ समितिका संयोजक रुद्रसेन विश्वकर्माको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

उपस्थित सबैको मुखारबिन्दुबाट राष्ट्रिय गान गाएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेशको जिल्ला तदर्थ समिति गठन कार्यक्रमको सुरु भएको थियो ।

मधेश प्रदेशकी सदस्य शर्मिला रमौलीद्वारा स्वागत मन्तव्य गर्दै महोत्तरी जिल्ला तदर्थ समिति र धनुषा जिल्ला तदर्थ समिति गठन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गणहरू सबैको तर्फबाट मन्तव्य र शुभकामना व्यक्त गरिएको थियो ।

लोक गायक बेल बहादुर परियारको संयोजकमा महोत्तरी जिल्ला तदर्स समिती
अध्यक्ष ~ बेल बहादुर परियार
वरिष्ठ उपाध्यक्ष ~ नवीन कोइराला
उपाध्यक्ष ~ जीवनराज दाहाल
सचिव ~ रमेश खत्री
सहसचिव ~ स्नेहा चौधरी
आर्थिक संयोजक ~ उमा बराल
सदस्य ~ विनोद खड्का, जिवनाथ पोखरेल, अजिता चौधरी, रामचन्द्र चौधरी, पवित्र पोखरेल, रामु माया श्रेष्ठ, अनिल दाहाल, लक्ष्मी अधिकारी, झोकीलाल महतो, राधा न्यौपाने सहित पछि सदस्य थप गरी २१ जना पुर्‍याउने गरी १७ जनाको महोत्तरी जिल्ला तदर्थ समिति

मैथिली लोक गायक संजय यादवको संयोजकमा धनुषा जिल्ला तदर्थ समिति
अध्यक्ष ~ संजय यादव
वरिष्ठ उपाध्यक्ष ~ रन्जित शर्मा
उपाध्यक्ष ~ फुलगेन मगही
सचिव ~ अनामिका मण्डल(अम्बिका)
कोषाध्यक्ष ~ मनिता दाहाल (मनकुमारी )
सदस्य ~ राजु थापा, शशी झा, रितेश कुमार शाह, शारदा दाहाल, सविता पोखरेल, मदन महत्त्वपूर्ण, निरज परियार, अन्जन विश्वकर्मा, टिना लामा, विजय दास सहित पछि सदस्य थप गरी २१ जना पुर्‍याउने गरी १५ जनाको धनुषा जिल्ला तदर्थ समिति गठन सम्पन्न भएको थियो ।

बर्दिवासको गौतम होटलमा सम्पन्न भएको उक्त कार्यक्रमलाई विनोद ढुङ्गेलले सञ्चालन गरेका थिए ।

नार्गाजुन नगरपलिकाको प्राङगढमा कपडा बैकको शुभारम्भ

0

काठमाण्डौं, नार्गाजुन नगरपलिकाको प्राङगढमा कपडा बैकको शुभारम्भ भएको छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौं कोही कपडा बिहिन नरहुन् भन्ने मुल मन्त्रलाई आत्मासाथ गदै क्लोथ एण्ड फुड बैंक नेपालले नार्गाजुन नगरपालिकाको सहकार्यमा पुराना र काम नलाग्ने कपडा संकलन गर्ने संकलन केन्द्र नगरपालिकाको प्राङगढमा थपेको छ ।
नेपाली चलचित्रका महानायक राजेश हमाल संरक्षक रहेको यस संस्थाले चाँडनै सातै प्रदेशमा संकलन केन्द्र समेत खोलिने जनाएको छ । देशको अर्थतन्त्र र मानिसको दैनिक जीवनमा आवश्यक पर्ने गाँसबास कपासलाई सहजीकरण गरी परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित संस्थाले प्रयोगमा नआएका जुनसुकै कपडालाई प्रसोधन गरि आबश्यक निकायलाई निशुल्क बाढ्दै आइरहेको छ । देशका नागरिकहरुले भोग्नु पर्ने गरिबी, अभावका कारण बिभिन्न सामाजिक द्धन्द र आत्महत्याको शिकार समेत भै रहेको अबस्थामा अभावमा रहेका नागरिकको जीवनयापनमा सहजीकारण गरी देशलाई बिकास र निकासको बाटोमा सघाउनु नै एक सच्चा नागरिकको दायित्व रहेको संस्थाका अध्यक्ष कमल जि.सी. ले बताउनु भएको छ । बुटुवलदेखि शुरु भएको यस किसिमको कार्यक्रम काठमाण्डौको नार्गाजुन सम्म आईपुग्दा संस्थाले आगामी केही दिनमा नै काठमाण्डौंका बिभिन्न नगरपालिका सँग सहकार्य गरिने जानकारी दिएका छन् । उच्च प्रबिधि द्वारा रिसाइकल र प्याकेजिङ गरि प्रयोगमा ल्याइने कपडा उच्च स्तरिय हुनुका साथै सुलभ समेत हुने संस्थाका संरक्षक तथा महानायक राजेश हामालले बताउनु भएको छ साथै २०८२ साल देखि फुड बैकको समेत स्थापना गरिने संस्थाको उद्देश्श्य रहेको महानायक राजेश हमालले बताउनुभएको छ । साथसाथै कार्यक्रममा बोल्दै उप प्रमुख शुशिला अधिकारी द्वारा देशैभरि सहयोग हुने किसिमको कार्यक्रमलाई सबैले साथ दिन समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै नगर प्रमुख मोहन बहादुर बस्नेत द्वारा यस किसिमको प्रयोग नेपालमा मात्र पहिलो नभएको बताउनु भएको थियो साथै यस किसिमको कार्यले दुख पर्दा हामी एक ठाउँ छौ है भन्ने भावना समेत जगाउने स्पष्ट पार्नुभएको थियो ।

नागार्जुन युथ क्लबको आयोजनामा एकदिने सेभेन ए साइड ओपन फुटसल (फुटबल)(प्रतियोगिता आयोजना हुने

0

नागार्जुन युथ क्लबको आयोजनामा एकदिने सेभेन ए साइड ओपन फुटसल (फुटबल)(प्रतियोगिता आयोजना हुने भएको छ । असोज ४ गते नागार्जुन नगरपालीका ६ स्थित ब्रुह फुटसलमा प्रतियोगिता हुने भएको हो ।

युवाहरुलाई खेलमा आर्कषित गर्ने उद्देश्यका साथ १६ वर्ष माथिका युवाहरुलाई समेट्न मिल्नेगरी ओपन फुटसल (फुटबल) प्रतियोगिता आयोजना हुन लागेको हो । नागार्जुन नगरपालिका भित्र र बाहिरका सबै टिम समावेश हुन सकिने प्रतियोगितामा प्रत्येक टिमलाई प्रवेश शुल्क ५ हजार निर्धारण गरिएको छ ।
पुरस्कारमा विजेता टोलीलाई ५० हजार, रनर टिमलाई २५ हजार साथै ट्रफी, मेडल र सट्रिफिकेट समेत प्रदान गरिनेछ । प्रतियोगितामा वेष्ट प्लेयर र वेष्ट गोलकिपरलाई ट्रफी, मेडल र सट्रिफिकेटको समेत व्यवस्था गरिएको छ ।
यही भाद्र २४ गतेका दिन नागार्जुन युथ क्लबले पत्रकार सम्मेलन गरी सम्पुर्ण खेलप्रे्मी खेलाडी तथा दर्हकहरुलाई उक्त खेलमा भाग लिन र हेरेर मनोरन्जन लिन समेत आह्रवान गरेको छ । नागार्जुन नगरपलिकाका प्रमुख मोहन बाहादुर बस्नेतको प्रमुख अथित्यमा सम्पन्न पत्रकार सम्मेलनमा नगर प्रमुख द्वारा नगरमा हुने हरेक किसिमका खेलको महत्वका साथै नगरले खेलकुद क्षेत्रमा दिनुपर्ने सेवा सुबिधाका संबन्धमा सधै साथ दिने समेत जानकारी दिनुभएको थियो ।

पानीको मुल्य र पानीमा देखिएको गुणस्तरलाई लिएर संचारमा आएको समचारहरु प्रति खण्डन

0

काठमाण्डौ,नेपाल बोटल वाटर उद्योग संघले नेपालीहरुको चाड नजिकिदै गर्दा बजारमा सिलबन्दी पानीमा देखिएका बिभिन्न पानीको मुल्य र पानीमा देखिएको गुणस्तरलाई बिभिन्न सामाजिक संजाल र संचारमा आएका गलत समचारहरुको खण्डन गर्दै पत्रकार सम्मेलन गरेको छ ।
उद्योगी, बिक्रेता, तथा उपभोक्ताहरुमा सचेत गर्ने उद्देश्यका साथ गरिएको पत्रकार सम्मेलनमा आम उपभोक्तालाई स्वच्छ सफा पानी गुणस्तर सिलबन्दी जार तथा बोटलको पानी खुवाउनको लागि सम्पुर्ण पानी उद्योगीलाई पटक पटक क्षेत्रगत तालिम दिदैं आएको र मानविय नियतबश समय समयमा उद्योग ब्यवसायीलाई फसाउने उद्देश्यले गरेका क्रियाकलापले उद्योगीहरुले ठुलो सजाय भोग्नु परेको अबस्थालाई समेत प्रेस बक्त्तब्यमा उल्लेख गरेको छ । उपभोक्क्ताबाट पानीको खाली जारमा बिभिन्न प्रकारका अखाद्य सामानहरु जस्तै डिजेल, मट्टीतेल, जाँड रक्सी राख्ने, डिसपेन्सर सफा नगर्ने बर्षातको पानी भर्ने कार्यले गर्दा आई पर्ने समस्यालाई समेत उद्योगीले नै हेर्नु पर्नै भएकाले यस्ता कार्यमा उद्योगी जिम्ेवार नहुने कुरा स्पष्ट पारेको छ । साथै सिलबन्द पानीको त्रुटीको हकमा भने उद्योगीले जिम्मेवारी लिनुपर्ने तर त्यहाँ पनि सिल खोलिएको बोटल हो कि हैन, पहिचान खुलेको लोगो, इम्बोसिंङग वा प्रिन्टेड जार, मुल्य खुलेको क्यु आर कोड स्टिकर, सफा राम्रो जार पानीको बोटल, ल्याब परिक्षणको कागजात हेर्नु पर्ने र तोकिएको भन्दा बढि मुल्यमा प्रभाव पर्ने गरि पानी बिक्रि वितरण गर्ने देखि सचेत रहि बिल/बिजक सहित पानी खरिद तथा बिक्री गर्न अनुरोध गरेको छ ।
साथै संघले बजारमा अन्य हरेक उपभोग्य बस्तुको मुल्यबृद्धी हुदा समेत वाटर बोटल संघले भने २०७७ सालमा सिफारिस गरिएको मुल्यलाई यथावत राखि उपत्यका बाहिर र उपत्यका भित्र दुई भागमा बिभाजन गरि उद्योग मुल्य, ढुवानीकर्ता मुल्य, डिष्टिव्युटर मुल्य, र उपभोक्ता मुल्यको समेत लिष्ट सार्वाजनिक गरेको छ । उपत्यकाको हकमा जारको उद्योग मुल्य रु १८, ढुवानीकर्ता मुल्य रु ३५ , डिष्टिव्युटर मुल्य ४५/४७ तोकेको छ भने बोटलको हकमा उद्योग मुल्य ११०, ढुवानीकर्ता मुल्य १३०, डिष्टिव्युटर मुल्य १४० र खुद्रा मुल्य रु १६ रहेको र उपत्यका बाहिरको हकमा भने जारमा उपभोक्ता मुल्य रु ६० र बोटलको उपभोता मुल्य रु २० रहेको नेपाल बोटल वाटर उद्योग संघले जनकारी गराएको छ ।