यही मिति २०८० साल बैशाख महिनाको २ गते शनिबारका दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ४६ औँ (छयालिशौँ)प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

उदाउँदो गजलकार सागर श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थिति सम्पूर्ण साहित्य अनुरागीहरुलाई प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

सो कार्यक्रममा शुभकामना मन्तव्य दिने द्रष्टा तथा स्रष्टाहरूमा गीतकार भरत बम्जन, प्रलेस महोत्तरी अध्यक्ष नारायण घिमिरे, बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भीमकुमार राउत, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य विमला वि क, सैनिक आवासीय विद्यालय महोत्तरी शिक्षक गोविन्द चौधरी, बुढ्यौली साहित्य समाज महोत्तरीका उपाध्यक्ष लालबाबु पोखरेल र सचिव नारद प्रसाद काफ्ले र प्रलेस केन्द्रीय सदस्य एवम् यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले शृङ्खला सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त शृङ्खलामा विभिन्न लयका कविता, गीत , गजल, पञ्चाङ्ग र कोपिला वाचन गरेका थिए । वाचन गर्ने स्रष्टाहरुमा पञ्चाङ्ग सर्जक प्रविणा पल्लवी,साहित्य अनुरागी नारायण खड्का, लालबाबु पोखरेल,नारद काफ्ले, नारायण घिमिरे, जीवनस्पर्शी, भरत बम्जन, सागर श्रेष्ठ, यशोदा श्रेष्ठ, विपुल विद्रोही, जीवनराज दहाल, दशक बलम्पाकी र मोनालिसा बलम्पाकी थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको छयालीशौँ शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न उपस्थिति हुने सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम देउराली मा वि बर्दिबास एकको प्राङ्गणमा सम्पन्न भएको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments