भिम रावललाई बालेन शाहले दिए कडा जवाफ
नेकपा एमालका बरिष्ठ नेता भिमरावललाई काठमाडौं माहानगरका मेयर बालेन शाहाले परराष्ट मन्त्रालयको स्वीकृति बिना अमेरिकी राजदुतलाइ भेटेको सम्बन्धी सामाजिक संजालमा पोष्ट गरेको बिषयलाई क्षणभरमै आफ्नो फेसबुक पेजबाट जबाफ दिएकाछन् ।
शाहाले भनेकाछन् ।” अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।
हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।”