काठमाडौं, बालिकाकाे करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आफू निर्दोष भएको र नेपाल चाँडै फर्कने बताएका छन्।
सामाजिक सन्जालमा स्टाटस लेख्दै सन्दीप आफू स्तब्ध भएको र केही दिनमा नै सिपिएल छोडेर स्वदेश फर्कने बताएका छन्। “म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु। म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ” सन्दीपले लेखेका छन्।यही भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो। यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । त्यसै गरि बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट समेत निलम्बन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Subscribe
Login
0 Comments